जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन
बुधबार, १३ पुस २०७९, ०७ : ४३
जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साह ले दाबी गर्दै आएका छन् । उनीहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी गरिएको हो ।
पार्टीका १२ जना सांसदमध्ये तीनजना मात्र राईको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण