शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

बुधबार, १३ पुस २०७९, ०७ : ४३
बुधबार, १३ पुस २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।  आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साह ले दाबी गर्दै आएका छन् । उनीहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी गरिएको हो । 

पार्टीका १२ जना सांसदमध्ये तीनजना मात्र राईको  पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप