बंगुर पालनबाट आम्दानीका साथै फोहोरको दीर्घकालीन व्यवस्थापन
जुम्ला । जुम्लाका मनोज बुढाथोकी मगरले व्यावसायिक बंगुर पालन गरेर आय आर्जन बढाउनुका साथै बजारको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका निर्वाह गरेका छन् । एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा मनोजले ३ वटा बंगुरबाट व्यावसाय सुरु गरेका हुन् । अहिले उनको फार्ममा बंगुरको संख्या ४५ पुगेको छ ।
बहुउद्देश्यीय लक्ष्यले बंगुर पालन सुरु गरिएको बताए । बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको ठुलो चुनौती छ । मगरले बंगुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा परिणत गरिरहेका छन् । बजारका फोहोरलाई उनले बंगुरको आहारका रुपमा प्रयोग गरेका छन् ।
दैनिक रुपमा जुम्ला बजारमा झण्डै ३ क्विन्टल कुहिने फोहोर सङ्कलन गरी बंगुरको दानाको रुपमा प्रयोग गरिरहेको उनले बताए । बंगुरको दानाका लागि मनोजले फोहोर संकलन गर्दा पछिल्लो समय बजारको फोहोर कम हुँदै गएको छ ।
२०७४ सालमा ६ लाख लागतमा सुरु व्यवसाय गरेका उनले बंगुर पालनसँगै व्यावसायिक तरकारी खेती गर्ने योजना पनि बनाएका छन् । बंगुर फार्म आसपासको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बंगुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना उनले बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण