कसैसँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छैन : खतिवडा
बिहीबार, १४ पुस २०७९, १६ : १९
नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि नबढेको बताएका छन् । ‘बजार हल्लाको भ्रममा नपरौ, हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि बढेको छैन’, प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ ।’
नेता खतिवडाले पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा भइरहेको पनि बताएका छन् । ‘स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू आयोजना गर्ने तयारी गर्दैछ’, उनले भनेका छन्, ‘प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन, छलफल चल्दैछ । तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण