शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको नेपालको कार्यकारिणी समितिको बैठक सुरु

शनिबार, १६ पुस २०७९, ११ : १६
शनिबार, १६ पुस २०७९

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ । संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । सहभागी हुने नहुने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप