प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै ओलीलाई भेट्न बालकोट पुगे रवि
शनिबार, १६ पुस २०७९, १२ : २८
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।
आजै बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन लामिछानेलाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण