शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
सरकारको सय दिन

दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने

उत्खननका लागि विशेष कार्ययोजना
शनिबार, २० असार २०८३, १९ : ४४
शनिबार, २० असार २०८३

काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा ११२.१ अर्ब घन मिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको तथ्य प्रारम्भिक अध्ययनबाट पुष्टि भएको सरकारले जनाएको छ । 

बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ ।

अध्ययनअनुसार यो ग्यास भण्डारको उपयोग गरी २०० मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ। साथै, नेपालका किसानहरूले वर्षौँदेखि भोग्दै आएको मलको अभाव टार्न दैनिक २ हजार २०० टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तयार भएको छ। यसका अतिरिक्त सवारी इन्धनका रूपमा प्रयोग हुने सीएनजी  र पीएनजी ग्यास उत्पादनको समेत प्रबल सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । 

परियोजनालाई अगाडि बढाउन ठुलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीका रूपमा रहेको सरकारले औँल्याएको छ । 

सरकारले यस परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना तर्जुमा गरेको छ। साथै, आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप