आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मोर्चाका कार्यकर्ताद्धारा मोटरसाइकलमा आगजनी

सोमबार, ०७ मङ्सिर २०७२, १३ : ४५
सोमबार, ०७ मङ्सिर २०७२
कपिलवस्तु,– कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान १० बजे मोटरसाइकल माथि आगजनी गरेका छन । कार्यकर्ताले जिल्ला प्रशासन अगाडि जिल्ला जन स्वास्थ्य कार्यालय कपिलबस्तुको बा १ ब ८६६७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन । कार्यालय जाने क्रममा मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेको प्रहरीले बताएको छ । आगलागीबाट मोटरसाइकलको तल्लो भागमा क्षति पुगेको छ । आगजनी भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखिएको छ । हिजो मात्र बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले बुटवलबाट फलफुल लिएर सदरमुकाम तौलिहवातर्फ आईरहेको २ महेन्द्रा जीपमा गएराति ९ बजे आगजनी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप