सुनिता डङ्गोल इजरायल प्रस्थान
सारांश
- कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा म्युनिसिपल कन्फरेन्समा भाग लिन इजरायल प्रस्थान गरेका छन् ।
- इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू 'सफल साझेदारी' शीर्षकमा हुने सम्मेलनमा भाग लिन गएका हुन् ।
- यो सम्मेलनमा विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता रहनेछ ।
काठमाडौँ । इजरायलको तेल अभिभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेका छन् ।
इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू शनिबार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन् । ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता हुनेछ ।
असार ९, १० र ११ गते (जुन २३,२४ र २५ तारिख) गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू सहभागिताका लागि गएका छन् । उनीहरू सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो) मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनेछन् ।
सहरी व्यवस्थापनका उन्नत तथा नवीन प्रविधिहरू, नवीन नगरपालिकाका अभ्यासहरू र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरू सञ्चालन हुनेछन् ।
यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासङ्घको प्रमुख वार्षिक कार्यक्रम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
-
समाजवाद र पुँजीवादको फ्युजनः ‘संवैधानिक समाजवाद’ रास्वपाको मार्गदर्शन
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण