शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बन्दकर्ताले एम्बुलेन्स रोक्दा बिरामी नाबालकको मृत्यु, मृत्युपछि परिवारका सबै बेहोस

सोमबार, ०७ मङ्सिर २०७२, १५ : ३४
सोमबार, ०७ मङ्सिर २०७२
उदयपुर– उदयपुरबाट विरामी नाबालक बोकेर गएको एम्बुलेन्स मधेस आन्दोलनकारीले रोक्दा विरामीको बाटैमा मृत्यु भएको छ । उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १५ शाहीखोला घर भई निमोनियाले थलिएका तीन महिने नाबालक पदमबहादुर बुढाथोकीको उपचारका लागि विराटनगरतर्फ जाँदा बाटैमा मृत्यु भएको आफन्तले जनाएका छन् । दुई दिनयता निमोनियाले च्यापेका नाबालकलाई जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ ल्याएकोमा नसक्ने भन्दै विहान ४ः०० बजे अन्यत्र लान रिफर गरेको थियो । आफन्तले ४ः२० बजे से १ च ६५९ नम्बरको एम्बुलेन्समार्फत विराटनगरको नोबेल अस्पतालतर्फ उपचारार्थ लाँदै गर्दा सप्तरीको शम्भुनाथ, रुपनी र भारदह क्षेत्रका विभिन्न ठाउँमा आन्दोलनकारीले गरेको सडक अवरुद्धका कारण सुनसरीको हरिपुर पुगेपछि नाबालकको मृत्यु भएको आफन्त राजन ढकालले बताए ।  एम्बुलेन्स चालक राजा मियाका अनुसार अस्पतालले रेफर गरेलगत्तै हिँडाएको विरामी ९ बजे सप्तरी पुगेको भएपनि सडक अवरुद्ध भएपछि एकघण्टा ढिलाई हुँदा ११ः०० बजे बिरामीको मृत्यु भएको हो । अस्पतालबाट हिडाउँदा धेरै सारो नभए पनि बाटोमा जाँदाजाँदै सिकिस्त हुँदै गएका नाबालकलाई एक घण्टा जाममा राख्नुपर्दा मृत्यु भएको उनले बताए । नाबालकको मृत्युपछि परिवारका सबै बेहोस् भएको छिमेकी ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप