शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस नगर समितिद्वारा मधेशी सहिदहरुको सम्मानमा दिप प्रज्जवलन

सोमबार, ०७ मङ्सिर २०७२, २३ : १६
सोमबार, ०७ मङ्सिर २०७२
वीरगंज– नेपाली कांग्रेस नगर कार्य समिति विरगंजको आज बसेको बैठकले मधेश आन्दोलनमा सहादत प्राप्त सहिदहरुको सम्मानमा दिप प्रज्जवलन गरेको छ । आज साँझ ५ बजे माइस्थान मन्दिर अगाडिको पार्कमा सहिदहरुप्रति सम्मानस्वरुप दिप प्रजज्वलन गरेको नगर सभापति महम्मद सहाबुद्दिनले बताए । नेपाली कांग्रेस नगर कार्य समिति पर्साको सभापति महमद सहाबुद्दिनको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला कार्य समितिका सचिव अशोक जैसवाल, महासमिति सदस्य रामनारायण प्रसाद कुर्मी, जिल्ला कार्य समितिका दिना गुप्ता, दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, शावित्री भुईहार, भवानी घिमिरे, कोपिला कँडेल, प्रकाश उपाध्याय, परमानन्द साह, तरुण दलका कालु सिंहलगायतको उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप