शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

अत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न एनआएन उपाध्यक्ष कुमार पन्तको अनुरोध

मङ्गलबार, ०८ मङ्सिर २०७२, १० : ४५
मङ्गलबार, ०८ मङ्सिर २०७२
स्विट्जरल्याण्ड– गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुमार पन्तले भारतले गरेको अघोषित नाकाबन्दिका कारण उव्जिएको अत्यावश्यक औषधिको अभावमा तत्काल राहत पुर्याउन अर्थ संकलनका लागि अनुरोध गरेका छन् । उनलाई गैर(आवासिय नेपाली संघले भर्खरै मात्र युरोप क्षेत्रको “अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियान” को संयोजक तोकेको छ। उनले युरोप क्षेत्रका सबै एनआरएनए पदाधिकारीहरु, आईसिसि सदस्यहरु र सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई एक विद्युतिय पत्र लेखि उक्त कार्यका लागि अनुरोध गरेका हुन । यसै सन्दर्भमा युरोप क्षेत्रका विभिन्न देशहरुमा अर्थ संकलनका लागि कार्यक्रहरु आयोजना गर्ने क्रम शुरु भएको जानकारीमा आएको छ । अत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न यहि मंगलबार, २४ नोभेम्बर २०१५ मा स्विट्जरल्याण्डमा एक कार्यक्रम आयोजना हुँदैछ। उक्त कार्यक्रममा कुमार पन्तलागयत युरोप क्षेत्रका एनआरएनएका अभियन्ताहरु र विभिन्न उच्च पदाधिकारीहरुको उपस्थिति रहने राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्डद्वारा प्रकाशित सुचनामा जनाइएको छ। कुमार पन्तको अनुरोधको पूर्णपाठः सम्पूर्ण साथीहरु, हार्दिक नमस्कार । गैरआवासिय नेपाली संघको सातौं विश्व सम्मेलन पश्चात हामी पुनः संस्थागत क्रियाकलापमा लागिसकेका छौं । नेपालमा नयाँ संविधान घोषणा पश्चात राजनैतिक स्थिरता र दिगो शान्ति कायम रही मुलुक आर्थिक विकासतर्फ अग्रसर रहनेछ भन्ने हामी सबैले अपेक्षा गरेका थियौं । तर, दुर्भाग्यवश देश दिन प्रतिदिन झन् कठिन मोडबाट गुज्रदै गइरहेको छ । यसै सन्दर्भमा हाम्रो छिमेकी राष्ट्रद्वारा अघोषित रुपमा दैनिक उपभोगका अत्यावश्यक सामाग्रीहरुको आयातमा गरिएको अवरोधले नेपाली जनजीवन कष्ठपूर्ण बनेको छ। हामी नेपालीहरु ईतिहासको संगिन घडीमा उभिएका छौं । हामी हाम्रा महान पर्वहरु विजया दशमी, तिहार र छठ अन्धकारमा मनाउन बाध्य भयौं । लाखौँ बाल(बालिकाहरु विद्यालय जानबाट बन्चित भएका छन् । त्यसैगरी आपतकालिन उपचारका लागि अत्यावश्यक औषधिहरुको नेपालमा आपुर्ति नभईरहेको र केहि दिनमा नै जीवन रक्षाका लागि आवश्यक औषधीहरुको स्टक अस्पतालहरुमा सकिने जानकारी गैरआवासिय नेपाली संघलाई प्राप्त भएको छ । आपतकालिन उपचारका लागि चाहिने अत्यावश्यक औषधिहरुको अभावमा मानविय संकट उत्पन्न हुने सम्भावना रहेको छ । नेपाल र नेपालीहरुले भोग्नुपरेको यस्तो विकराल समस्याबाट गैरआवासिय नेपालीहरु पनि निरपेक्ष रहन सक्दैनौं । आजको परिस्थितिमा हाम्रा दाजु–भाई, दिदी–बहिनीहरुलाई सहयोग गर्नु हाम्रो मानवीय कर्तब्य पनि हो । यसैलाई मध्यनजर गर्दै गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद्को मिति १५ नोभेम्बर २०१५ मा बसेको बैठकले नेपालका अस्पतालहरुलाई आपतकालिन उपचारहरुका लागि अत्यावश्यक औषधिहरु उपलव्ध गराउने उद्देश्यका साथ कम्तीमा १० करोड नेपाली रुपैयाँ संकलन गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । गैरआवासिय नेपाली संघको नेतृत्वले नेपाल सरकार, गैरसरकारी क्षेत्र र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग विध्यमान समस्याको प्रभावकारी समाधानका लागि वार्ता गरेको छ यसै सन्दर्भमा अत्यावश्यक औषधीहरुको तत्काल आपूर्तिका लागि गैरआवासिय नेपाली संघले यथाशक्य कम्तिमा दश करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोले अर्थ संकलन अभियानमा सक्रिय भई सहयोग गरि दिनुहुन सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई हार्दिक अनुरोध गर्दछु । युरोप क्षेत्रीय संयोजक कुल आचार्यज्युसँग परामर्श गरि अर्थ संकलनका लागि यथाशिघ्र कार्यक्रम तर्जुमा गर्न र कार्यक्रम गरिने मिति र स्थान समेत जानकारी गराउनुहुन अनुरोध गर्दछु । अर्थ संकलन कार्यक्रममा म लगायत गैरआवासीय नेपाली संघका पधाधिकारी साथीहरुको उपस्थित रहने व्यहोरा समेत जानकारी गराउदछु । म यस राहत संकलन अभियानको युरोप क्षेत्र प्रमुख र संघको उपाध्यक्षका हैसियतले यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरु, आइसिसी सदस्यज्यूहरु र संघका पदाधिकारी साथीहरुलाई यस परोपकारी कार्यमा सरिक भई दिनुहुन अनुरोध गर्दछु । तपाई हाम्रो सानो सहयोगले हाम्रो मातृभूमिमा असंख्य दाजु(भाई दिदी ( बहिनीहरुको जीवन रक्षा गर्नेछ । कुमार पन्त, उपाध्यक्ष, गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद संयोजक, अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियान, युरोप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप