भूकम्पपीडितको टहरामा एकाबिहानै आगलागी, तीन लाख बराबरको क्षति
बुधबार, ०९ मङ्सिर २०७२, ११ : ०६
रामेछाप–रामेछाप जिल्लाको दुरागाँउमा भूकम्प पिडितको टहरामा आज बिहान आगलागी भएको छ ।
दुरागाँउ–७ पालाका डोर प्रसाद पौडेलको भूकम्पपछि निर्माण गरिएको अस्थाई टहरामा आगलागी भएको हो । १२ वैशाखको भूकम्पले घर भत्किएपछि पौडेल टहरामा बस्दै आएका थिए । आगलागिबाट टहरामा राखिएको नगद रु ५० हजार, २ तोला सुन, अन्नपात, लत्ताकपडालगायत ३ लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको स्थानीय व्यवसायी रामकुमार पौडेलले जानकारी दिए । आगलागिबाट मानबिय क्षति भने भएको छैन ।
आज बिहान करिब ७ बजेतिर खाना पकाउने क्रममा एक्कासि चुलोबाट आगो सल्किएको थियो । एक्कासी टहरामा आगो लागेको देखेपछि स्थानीयले निभाउने प्रयास गर्दा पनि खरको छाने भएकोले तुरुन्त आगो नियन्त्रणमा लिन नसकिएको पौडेलले बताए ।
भूकम्पले घर भत्किएपछि उनीहरु टहरामा बस्दै आएका थिए । टहरोसँगै अन्नपात पनि जलेपछि पौडेल परिवारको विचल्ली भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण