आमिर खानको बयानपछि भारतीय मुसलमानप्रति आशंका किन ?
बुधबार, ०९ मङ्सिर २०७२, १२ : ०५
कुनै समय यस्तो लागेको थियो कि अब असहिष्णुताको मुद्दा बिस्तारै सेलाउँदै जानेछ । तर, फिल्म स्टार आमिर खानको बयानपपछि अहिले फेरि यो मुद्दा भारतमा बहसको विषय बनेको छ । पश्चिमा जगत्ले आतंकवाद र इस्लाम धर्मलाई एकसाथ जोडेर प्रचार गरिरहेको अवस्थामा आमिरको यो भनाई सार्वजनिक भएको छ ।
पेरिस र मालीमा भएको चरमपन्थी नरसंहारपछि भारत मात्रै नभएर थुप्रै युरोपेली देशमा पनि मुसलमान र इस्लामको भूमिकालाई लिएर बहस सुरु भएको छ । इस्लामको नाममा इस्लामिक स्टेट, अलकायदा, बोको हराम नामका थुप्रै चरमपन्थी संगठनको उदय र त्यस्ता उग्रवादी संगठनको माध्यमबाट संसारका विभिन्न भागमा भइरहेका नरसंहार र हत्यापछि अहिले भारतका मुसलमानको दिमागमा समेत डरले डेरा जमाएको छ ।
भारतको इतिहासमा मुसलमानका विभिन्न संस्था तथा समूदाय र एक हजारभन्दा धेरै धार्मिक नेता तथा विद्धानले आईएसको विरुद्धमा उभिएको घोषणा गरेको यो सायद पहिलो अवसर हो । यस घोषणामा भनिएको छ , इस्लाम हरेक प्रकारका हिंसाको विरोधमा छ । जबकी आईएस हिंसाको दोषी हो ।
यो अभियान थुप्रै महिनापछि पुरै देशमा सञ्चालन गरिएको छ । १५ बुदेँ यो घोषणालाई संयुक्त राष्टसंघका महासचिव वान की मून र संसारका अन्य नेता समक्ष बुझाइएको छ । पत्रमा लेखिएको छ , इस्लाम हरेक प्रकारले जूनसुकै उद्देश्य राख्ने उग्रवादीको विरोधमा छ । यस घोषणामा भारतमा १६ करोड मुसलमान हिंसामा विश्वास राख्दैनन् भन्ने स्पष्ट लेखिएको छ ।
भारतका मुसलमान यस समय दोहोरो दबाबबाट गुज्र्रिका छन् । एकातर्फ लेबनान, पेरिस र माली जस्ता देशमा घटेका हिंसात्मक घटना र अर्कोतर्फ आईएस, बोको हराम र अल शबाब जस्ता सुन्नी चरमपन्थी संगठनको उदयले धार्मिक क्षेत्रमा ल्याएको निराशा र अर्कोतर्फ देशभित्रकै उग्रवादी हिन्दू कट्टरपन्थीको निशाना । भारतमा हिन्दू विचारधारा राख्ने संगठनहरुले मुसलमानको विरुद्धमा घृणाको एक व्यवस्थित आन्दोलन चलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण