शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्यालयमा अनुपस्थित ४३ अधिकृतलाई स्पष्टिकरण

बुधबार, ०९ मङ्सिर २०७२, १२ : १४
बुधबार, ०९ मङ्सिर २०७२
उदयपुर–कार्यालय समयमा अनुपस्थित ४३ अधिकृतलाई जिल्ला प्रशासन कार्यालय उदयपुरले स्पष्टिकरण सोधेको छ । जिल्ला प्रशासनले सोमबार गरेको छड्के निरीक्षणको क्रममा अनुपस्थित ९९ जनालाई स्पष्टिकरण सोधिएको हो । जसमध्ये ४३ जना राजपत्रांकित (अधिकृत स्तर) ३४ जना राजपत्र अनंकित (सहायक स्तर) र २२ जना श्रेणीविहिन (सहयोगी) रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताए । कार्यालयमा उपस्थित नहुने कर्मचारीहरुलाई सात दिनभित्र के कति कारणले कार्यालय समयमा उपस्थित हुन नसकेको हो ? खुलाई पठाईदिनु हुन जिल्ला प्रशासनले सम्बन्धित कार्यालयलाई आज पत्र पठाएको छ । तराई मधेसमा जारी आन्दोलन वाहानामा कार्यालयमा कर्मचारी नबस्ने गरेको गुनासो आएकोले निरीक्षण गर्दा अधिक संख्यामा कर्मचारी अनुपस्थित रहेको पाईएको प्रजिअ घिमिरेले बताए । प्रजिअ घिमिरेकाअनुसार २७ वटा सरकारी तथा सार्वजनिक संस्थामा हाजिरी निरीक्षण गर्दा १९ कार्यालयमा कर्मचारीहरु कार्यालय समयमा बस्ने नगरेको हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप