दक्षिणी अफगानिस्तानमा एक हेलिकोप्टर आकमस्मिक अवतरण, तीन सैनिकको मृत्यु, १८ जना अपहरणमा
बुधबार, ०९ मङ्सिर २०७२, १३ : २२
काबुल–उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा मङ्गलबार एक हेलिकोप्टरले आकस्मिक अवतरण गरेपछि त्यसमा रहेका तीन जनाको ज्यान गएको छ भने थप १८ जनालाई तालिवानहरुले अपहरण गरेका छन् ।
अफगानिस्तानको फर्याब प्रान्तमा भएको सो आकस्मिक अवतरणका क्रममा हेलिकोप्टरमा पनि क्षति पुगेको बताइएको छ ।
एक विदेशी कम्पनीले भाडामा लिएको सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा अवतरण गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आकस्मिक अवतरणपछि त्यसमा रहेका तीनको ज्यान गएको पाइएको छ । मारिनेमा दुई जना अफगान सैनिक र अर्का एकजना विदेशी रहेका छन् ।
मारिने तीन जना सोही दुर्घटनाका क्रममा मारिएका हुन् वा उनीहरुलाई नियन्त्रणमा लिएपछि तालिवानले हत्या गरेका हुन् भन्ने बारेमा भने केही खुलेको छैन ।
मङ्गलबार फर्याब प्रान्तमा पुगेको सो हेलिकोप्टरमा खराबी देखिएपछि अपरान्ह २ बजे आकस्मिक अवतरण गरेको अफगानिस्तानको रक्षामन्त्रालयले जानकारी दिएको छ ।
उक्त मन्त्रालयले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये दुई जना अफगान सैनिक र अर्का एक विदेशी नागरिक मारिएका छन् र अरु १८ जनालाई तालिवानहरुले नै नियन्त्रणमा लिएर लगेका छन् ।
उक्त मन्त्रालयले मङ्गलबार सो हेलिकोप्टर अफगानिस्तानको मजार इ सरिफदेखि उत्तरी प्रान्त फर्याबतर्फ उडिरहेको र सोही क्रमम अपरान्ह २ बजे फर्याबमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा नै अवतरण गराउनुपरेको जनाएको छ ।
हेलिकोप्टर अवतरण गराइएको अफगानिस्तानको उत्तरी प्रान्त पास्तुन कोर्ट जिल्ला तालिवानहरुको गढ मानिन्छ । उनीहरुले सो जिल्लामा विगत लामो समयदेखि सुरक्षा निकायका साथै सर्वसाधारणमाथि पनि कारबाही गर्दै आएका छन् ।
अपहरण गरी लगिएका ती १८ जनाको खोजीका लागि अफगान सेनाले विशेष खोजी अभियान सञ्चालन गरिरहेको बताइएको छ ।
सो हेलिकोप्टर एक विदेशी संस्थाले भाडामा लिएर त्यहाँ लगेको खुल्न आएको छ । साथै अपहरण गरिएका व्यक्ति स्वदेशी हुन् वा विदेशी भन्ने बारेमा भने केही बताइएको छैन ।
तर अफगानिस्तानको रक्षामन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै थप सूचना प्राप्त नभएको जनाएको छ । घटनाको अनुसन्धान सुरु भएको पनि सो समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण