एसएसबीले नेपालीलाई गोली हानेकोप्रति समितिमा गृहमन्त्रीको ब्रिफिङ
बुधबार, ०९ मङ्सिर २०७२, १४ : २३
काठमाडौँ– गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर आज बिहान चार जना नेपाली नागरिक घाइते भएको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद् मातहतको राज्य व्यवस्था समितिको आजको बैठकमा उनले नेपाल–भारत सीमा दशजग्गा भन्दा नेपालतर्फ १०० मिटरभित्र साइकलमा रासायनिक मल ल्याउँदै गरेका किसानमाथि चलाएको गोली लागेर चार नेपाली घाइते भएको जानकारी दिए ।
घाइते हुनेमा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादव भएको र उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको गृहमन्त्री बस्नेतले बताए ।
उक्त घटनाको समग्र वस्तुस्थितिको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै आवश्यक चासो व्यक्त गर्ने सो अवसरमा जानकारी दिइयो ।
“नेपाल भित्र्ने भारतीय नाकामा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा अत्यावश्यक वस्तुको सहज आपूर्तिमा देखिएको समस्यालाई हटाएर जनजीवनलाई सामान्य बनाउन सरकार क्रियाशील र संवेदनशील रहेको छ”– गृहमन्त्री बस्नेतले भने ।
मौज्दात पेट्रालियम पदार्थलाई आवश्यकता र प्राथमिकता निर्धारण गरेर न्यायोचित रुपमा बिक्री वितरण गर्ने तथा कालोबजारी रोक्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिहको उनले बताए ।
एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव ¥यालीमाथि हुँदै आएको आक्रमणबाट आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताउँदै उनले शान्ति सुरक्षाका लागि प्रहरीमाथि गुलेली र हातेबमबाट आक्रमण गर्नेलाई नियन्त्रण लिने क्रममा केही भागमा छिटफुट भिडन्त भएको जानकारी दिए ।
जनजीवनलाई सामान्य तुल्याउन, राजमार्गमा देखिएको अवरोध हटाउने कार्यलाई सरकारले सजकता र विशेष जिम्मेवारीका साथ काम गरिरहेको बताउँदै उनले औषधि बोकेको गाडी जलाउने, पुल भत्काउने तथा आगजनीका घटना गराउनेलाई कानुनी कठघरामा उभ्याउने र शान्ति सुरक्षाको भरपर्दो अनुभूति गराउन सरकार दृढ छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण