शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इटहरीमा राजेन्द्र, महन्थ र उपेन्द्र यादव आउँदै, मोर्चासहितको गठबन्धनले ११ गते इटहरीमा बिरोधसभा गर्दै

बुधबार, ०९ मङ्सिर २०७२, १६ : ५६
बुधबार, ०९ मङ्सिर २०७२
इटहरी–संघिय लिम्बुवान तथा मधेसी मोर्चाहरुको गठबन्धनले आउँदो ११ गते शुक्रबार पूर्वको केन्द्र इटहरीमा सरकार विरुद्ध विरोधसभाको आयोजना गर्ने भएको छ । बुधबार दिउसो पत्रकार सम्मेलन गर्दै मोर्चासहितको गठबन्धनले यस्तो जानकारी गराएको हो । पूर्वका सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरीलगायतको जिल्लालाई फोकस गर्दै पूर्वाञ्चलको केन्द्र इटहरीमा मोर्चासहितको गठबन्धनले विरोधसभा आयोजना गर्ने पत्रकार सम्मेलनमा बताइएको छ । लिम्बुवानसहित समावेश भएको गठबन्धको बिरोधसभामा मधेसी दलका शीर्ष नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुरलगायत संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेन, नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य तथा लिम्बुवान इञ्चार्ज मौसम लिम्बुलगायत अन्यको उपस्थित रहने जनाइएको छ । पश्चिम क्षेत्रमा चर्काइएको गठबन्धनको आन्दोलन प्रभावकारीतासँगै पूर्वाञ्चलका जनताहरुसँग पछिल्लो समयको राजनीतिक अवस्था, मधेसी, आदिवासी जनजाती, थरुहट थारुवानलगायतका अधिकार सुनिश्चित तथा सीमाङकनको बिषयमा विवादस्पद जिल्लाको रुपमा रहेको सुनसरी मोरङ र झापाको बिषयमा बहस हुने पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रम संघीय गठबन्धन इटहरी संयोजक धुव्रकुमार सुब्बाको सभापतित्वमा भएको थियो भने संघीय लिम्बुवान नेपाल पार्टीका अशोक लिम्बु, थरुहट थारुवानका तेज नारायण चौधरी, सद्भावना पार्टीका तेन्जी शेर्पालगायतको उपस्थित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप