शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टर्कीको भ्रमण नगर्न रसियालीलाई राष्ट्रपतिको आग्रह

बुधबार, ०९ मङ्सिर २०७२, २१ : ०९
बुधबार, ०९ मङ्सिर २०७२
मस्को–रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रह गरेका छन् । टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको छ । टर्कीले आफ्नो भूभागमा विना अनुमति प्रवेश गरेको भन्दै त्यसको विरोध गरिरहँदा सोमबार मात्र रसियाको उक्त विमान खसालेको बताएको थियो । राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रुपमा सो देशमा भ्रमण रद्द गरिएको बताए । बुधबार रसियाली एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा राष्ट्रपति पुटिनले सो धारणा राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप