रेडियो परासीको कार्यालयमा बम प्रहार, अनिश्चितकालका लागि प्रसारण बन्द
बिहीबार, १० मङ्सिर २०७२, १२ : ४४
नवलपरासी–सदरमुकाम परासीमा रहेको रेडियो परासीले आजबाट अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । गएराती एक समुहले संचार गृहमा पेट्रोल बम प्रहार गरेपछि असुरक्षाका कारण प्रसारण बन्द गरेको हो ।
राती करीब १० बजे एक समुहले दुईबटा पेट्रोल बम प्रहार गरेको थियो । पेट्रोल बम प्रहारबाट रेडियोमा कुनै क्षति नभए पनि सो समुहले रेडियो नजिकै घर भएका प्रकाश खड्काको मोटरसाईकलमा आगजनी गरी मोटरसाईकल ध्वस्त पारिदिएका छन् ।
खड्काले आफनो लु १८ प ४००१ नम्बरको मोटरसाईकल रेडियो घरमा राखेका थिए । ९८५७०४५८९४ नम्बरबाट हिजोदेखि नै रेडियोका प्रबन्धक मेघराज गौतम र समाचार प्रमुख मोहन पौडेललाई नेपाल भारतको वर्तमान अवस्थाकाबारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै रेडियो परासीमा आक्रमण गर्ने धम्की दिएको अध्यक्ष सुमनगोपाल अचार्यले जानकारी दिए ।
सञ्चार गृहमाथि भएको अक्रमणको नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका सचिव पुरुषोतम सुवेदीले भत्र्सना गर्दे दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । उनले सञ्चार गृहमाथिको आक्रमण सिंगो संचारकर्मीमाथिको आक्रमण भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण