मुस्लिमहरुको संस्थाले नेपालमा शाखा खोल्न लागेको भन्दै हिन्दुवादीहरुले बिरोध
सोमबार, ०४ माघ २०७२, १३ : १२
काठमाडौँ –मुस्लिमहरुको अन्तराष्ट्रिय संस्था हेल्पिङ ह्याण्डस् फोर रिलीफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) नामक संस्थाले नेपालमा शाखा बिस्तार गर्न लागको भन्दै हिन्दुबादीहरुले बिरोध जनाएका छन् ।
हेल्पिङ ह्याण्डस् फोर रिलीफ एण्ड डेभलपमेन्टलाई अनुमती नदिन हिन्दु युवा जनशक्ति संघ(नेपाल)का अध्यक्ष विकाश कुमार ठाकुरको नेतृत्वको टोलीले आज समाज कल्याण परिषद्लाईलाई सुझाव दिएको छ ।
एचएचआरडीले नेपालमा भुकम्प पिडितको राहतको नाममा धर्मान्तर गराउने योजना बनाएको बुझिए पछि संघ लगायतका विभिन्न सघं सस्थाले निरन्तर विरोध गर्दै आएका छन् ।
भुकम्प पिडित गरिब निमुखा नेपाली जनतालाई राहतको नाममा विभिन्न प्रलोभन हरु दिएर आफ्नो धर्मप्रति आकर्षित गर्ने योजनाका साथ नेपालमा शाखा बिस्तार गर्न लागेको कुरा संघका अध्यक्ष ठाकुरले बताए ।
एचएचआरडी मात्रै नभई धर्मान्तर गराउने अन्य कुनै पनि संस्थालाई नेपालमा काम गर्न अनुमती दिनु हुदैन भनी संघले परिषदलाई सुझाव दिएको छ ।
हामी धर्मान्तरणको बिषयमा गम्भीर छौ, विभिन्न प्रलोभन देखाएर धर्मान्तरण गराउने संस्थालाई कारबाही गर्ने प्रतिबद्धताका साथ नया संस्थालाई परिषदले अनुमती नदिने कुरा परिषदका सदस्य सचिव रविन्द्र यादवले बताएको संघका अध्यक्ष ठाकुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण