सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

पठन संस्कृति बढाउन साझाको प्रस्ताव

सोमबार, ०४ माघ २०७२, १५ : ४८
सोमबार, ०४ माघ २०७२

काठमाडौं–उपप्रधान तथा परराष्ट्र एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापास“ग साझा प्रकाशन सञ्चालक समितिले भेट गरी पठन संस्कृति अभिवृद्धिका लागि परियोजना प्रस्ताव प्रस्तुत गरेको छ । प्रकाशनको माध्यमबाट भाषासाहित्य र वाङ्मयको श्रीवृद्धिका लागि राज्यको ऐतिहासिक दायित्व निर्वाह गरेको साझा प्रकाशनको पठन संस्कृति अभिवृद्धि गर्ने परियोजनाअनुरुप स्थानीय निकाय जिविस, नगरपालिका र गाविसमा पुस्तकालय स्थापना गरी पुस्तक खरिद गर्ने व्यवस्था मिलाउनका लागि मन्त्रालयसमक्ष प्रकाशनले प्रस्ताव गरेको हो । प्रस्तावलाई सकारात्मक रुपमा लि“दै स्थानीय विकासमन्त्री थापाले पहिलो चरणमा नगरपालिकाबाट सो कार्यको थालनी गर्ने वचनबद्धता प्रकट गरे । उनले यसै वर्षबाट २ सय १७ नगरपालिकामा यो योजना लागू गर्ने बताउ“दै पुस्तकालयको नाम नै ‘साझा पुस्तकालय’ राख्न पनि सुझाव दिएका थिए ।

पाइलट प्रोेजेक्टका रुपमा नगरपालिकाबाट सुरु गर्ने पुस्तकालय स्थापनाको कार्यलाई गाविससम्म विस्तार गर्दै लैजाने पनि उनले बताएका थिए । अहिले स्थानीय निकायमा बजेट गइरहेकाले २० हजारको पुस्तक खरिद गर्नु कुनै अप्ठयारो नभएको मन्त्री थापाको भनाइ थियो । साझा प्रकाशनका सञ्चालक दीनानाथ शर्मा, प्रदीप नेपाल, प्रा. डा. कृष्णहरि बराल एवं गोरखापत्रका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ रोदनको उपस्थितिमा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रपसाद शर्माले परियोजना प्रस्ताव प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप