शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

१७ सय घर बनाएको चौधरी फाउण्डेसन पूनर्निर्माण प्राधिकरणसँग हातेमालो गर्न ईच्छुक

सोमबार, ०४ माघ २०७२, १७ : ४७
सोमबार, ०४ माघ २०७२

काठमाडौं–भूकम्प प्रभावित जनताका लागि आफै आवास र शिक्षालय निर्माण गरीरहेको चौधरी फाउण्डेसनले पूनर्निमाण प्राधिकरणसंग सहकार्य गर्ने चाहना व्यक्त गरेको छ । भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सिजि आश्रय र सिजि शिक्षालय निर्माण गरेको फाउण्डेसनले पूनर्निमाणको अभियानमा प्राधिकरणसंग हातोमालो गर्न तयार रहेको बताएको हो । ‘भूकम्पपछिको पूनर्निमाणलाई देशको आर्थिक विकासको जगका रुपमा अगाडि बढाउन सकियोस र यसका लागि ठोस योगदान गर्ने अवसर प्राप्त होस भन्ने चाहना फाउण्डेसनको छ ।’ सोमबार पत्रकार सम्मेलनको आयोजना गरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने ।

सिजिले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर ललितपुर, काठमाण्डौ, धादिङ्ग, नुवाकोट र गोरखा लगायतका जिल्लामा भूकम्पपिडीतका लागि १ हजार ७ सय आश्रय निर्माण गरेको जनाएको छ । १० हजार आश्रय निर्माण गर्ने घोषणा गरेको सिजिले तिमध्ये घर १ हजार हस्तान्तरण गरीसकेको चौधरीले बताए । त्यसैगरी निर्माणको घोषणा गरेका एक सय विद्यालय भवनमध्ये ३० वटा निर्माण सम्पन्न भईसकेका र १२ वटा हस्तान्तरण भईसकेको पनि उनले बताए । ‘निर्माणाधिन रहेका थप सिजि आश्रयलाइ पनि चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गरी यस जाडो मौसममै भूकम्पपिडीतले उपयोग गर्न पाउन भन्ने हाम्रो चाहना छ’ चौधरीले भने ‘भूकम्पबाट भत्किएका थप विद्यालय भवनको पनि निर्माण कार्य जारी रहनेछ ।’ बाँकी जिल्लाहरुमा पनि निर्माणका कार्यक्रम कार्यान्वयन गरीने उनले बताए ।

चौधरी फाउण्डेसनले भूकम्प प्रभावित क्षेत्रको दीगो पुनस्र्थापनाका लागि व्यवसायीक सिपका कार्यक्रम पनि सञ्चालन गर्न शुरु गर्ने भएको छ । ‘आर्थिक स्वावलम्बनका कार्यक्रमहरु सञ्चालनका लागि सिजि पोलिटेक्निकमार्फत व्यवसायीक सिपका कार्यक्रमहरु पनि यहि महिनादेखि शुरु गर्दैछौँ ।’ चौधरीले भने । पछिल्लो समयमा ईन्धन अभावका कारण प्रभावित क्षेत्रमा सामान ढुवानी गर्न समस्या भएकोले समस्या भएपनि भूकम्प प्रभावितलाई सहयोग गर्ने काममा निरन्तरता दिईएको फाउण्डेसनले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप