बङ्गबन्धु गोल्डकपः सेमिफाइनलमा आज माल्दिभ्सको सामना गर्दै
मङ्गलबार, ०५ माघ २०७२, ०१ : ५२
काठमाडौँ– बङ्गबन्धु गोल्डकप अन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा मङ्गलबार माल्दिभ्सको सामना गर्दैछ ।
नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने सो समूहको विजेता आयोजक बङ्गलादेश हो । नेपालले सेमिफाइनल पक्का गर्न श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो, जसमा विमल घर्ती मगरको गोलको योगदान रह्यो ।
त्यस्तै नेपालले बङ्गलादेश र मलेसियाको क्लबसँग गोलरहित बराबरी खेलेको थियो । नेपालको सुखद् कुरा यो पनि छ उसले लिग चरणमा कुनै गोल खाएन ।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनल भिडन्तका लागि आफ्नो टोली विगतका गल्ती सुधार्दै अघि बढिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण