साँझ ६ बजेपछि सर्वसाधारणलाई आक्रमण गरि लुटपाट गर्ने तीन जना पक्राउ
मङ्गलबार, ०५ माघ २०७२, ०२ : ०३
काठमाडौँ– महानगरीय प्रहरी वृत्त बौद्धले साँझ ६ बजेपछि सर्वसाधारणलाई जबर्जस्ती नियन्त्रणमा लिई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा भएको धनमाल लुट्ने तीन जनाको समूहलाई समाएको छ ।
फरार भएकालाई वृत्तबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेकोे प्रहरी नायब निरीक्षक केशव बस्नेतले जानकारी दिए ।
गत मङ्सिर १६ गते बेलुकी ७ बजे गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीबाट नवलपरासी जौबारी घर भएका ५७ वर्षीय विष्णुप्रसाद घिमिरे लगायतलाई विभिन्न स्थानमा लुटपाट गर्दै हिँड्ने हेटौँडा नगरपालिका–३ पदमपोखरीका १७ वर्षीय भीम तामाङ, सिन्धुपाल्चोक पाङ्ताङ–७ का १८ वर्षीय अनिल विक र हेटौँडा नगरपालिका–७ का १९ वर्षीय गौतम थिङलाई खुकुरी, रड, कार्बन मोबाइल, कलर्स मोबाइल, सोनी इरिक्सन मोबाइल, चाइनिज मोबाइल र नेपाल टेलिकमको सिमकार्ड एक एक थानसहित पक्राउ गरिएको छ ।
सो समूहले घिमिरेबाट पनि सामसुङ मोबाइल थान एक र नगद रु १६ हजार लुटेको थियो, यही समूहले कर्मा वाङ्गेल लामालाई समेत बौद्ध तीनचुलेमा लुटपाट गर्ने उद्देश्यले घाइते बनाएको थियो,”–उनले भने ।
खुकुरी प्रहार गरी घाइते बनाएर बुढानिलकण्ठ –१४ कपनका २१ वर्षीय सन्तोष खड्काको मोबाइल र नगद लुट्ने काममा समेत समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण