दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निमार्ण थालनी बैशाखबाट
भक्तपुर –संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द प्रसाद पोखरेलले आगामी बैशाखसम्ममा बाराको निजगढमा बन्न लागेको नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य थालनी हुने बताएका छन् । भक्तपुरबाट प्रकाशन हुदै आएको समय समाज राष्ट्रिय साप्ताहीकको एघारौ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘उक्त विषयमा मैले प्रधानमन्त्रीसंग कुरा गरीसकेको छु ।’ निजगढ– काठमाडौ फास्ट् ट्याक र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएर कार्य अगाडी बढाउने तयारी भईरहेको समेत मन्त्री पोखरेलले बताए । कार्यक्रममा बोेल्दै मन्त्री पोखरेलले भने ‘मुलुकमा भएको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कँहीले काँही प्राविधिक समस्या आउँदा राष्ट्रिय अन्तराष्ट्रियउडान प्रभावित हुने भएकाले विकल्पको रुपमा समेत उक्त विमान स्थल निमार्ण गर्नु अपरिहार्य भएको छ’ । निजगढ– काठमाडौ फास्ट् ट्याक र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण भएपछि नेपालको पर्यटन विकाश र आर्थिक विकाशमा ठुलो योगदान हुने मन्त्री पोखरेलले बताए । जनताको उत्तर दक्षिण जान पाउने प्राकृतीक अधिकारलाई कुण्ठित नगरी वार्ताको माध्यमबाट समस्याको समाधान गर्न उनले मधेसवादी दलहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै पूर्व उद्योग मन्त्री महेश बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको घरघरमा ग्यासको पाइल लाइन जोड्ने कुरालाई संञ्चार माध्यमहरुले व्यंङ्ग गरेको भएपनि सोलाई समयले पुष्टि गर्दै लैजाने बताए ।
कार्यक्रममा प्रेस काउन्सीलको नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, एमालेको केन्द्रिय सदस्य सोम मिश्र, प्रेस चौतारी नेपालका उपाध्यक्ष उपेन्द्र के.सी लयायतले साना पत्रीकाहरुले नेपालको राजनैतिक परीर्वतनको समयमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । सो अवसरमा गोरखापत्र दैनिकका वरिष्ठ फोटो पत्रकार शेखर चौलागाईलाई सम्मान पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण