बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक
मङ्गलबार, ०५ माघ २०७२, १३ : २४
गोरखा– मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो ।
गत मङ्सिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शिक्षकले छात्रछात्रालाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् । दुवै पक्षका अभिभावक साथ लिएर कुँवर र राना सदरमुकाममा छन् । उनीहरुले जिल्ला शिक्षा कार्यालयमा समेत आफूहरुलाई विद्यालयले निष्कासन गरेको बारे जानकारी गराइसकेका छन् ।
बिहे गरेको केही दिनपछि विद्यालय जाँदा प्रअले ‘किन स्कुल आएको’ भन्दै ढोकाबाट बाहिर निकालिदिएको छात्रा रानाले बताइन् । ‘हेडसरले कुनै हालतमा स्कूल पढ्न दिन्न भन्नुभएको छ’ रानाले भनिन्।
प्रवेशिका परीक्षा नजिकिएको भन्दै विद्यार्थीहरुले जति सक्दो छिटो विद्यालय गई आफूहरु पढ्ने वातावरण बनाइदिन शिक्षा कार्यालयसँग आग्रह गरेका छन् । “एसएलसीको मुखमा हामीलाई पढ्नबाट बञ्चित गराइयो । स्कुल जानै नपाइने कस्तो नियम ?”–छात्र कुँवरले भने। शिक्षा कार्यालयले जे भन्छ त्यही गर्ने भन्दै उनीहरु सदरमुकाम बसेका हुन् ।
विद्यालयका प्रध्यानाध्यापक चूडामणि अधिकारीले विसं २०६८ साल फागुन ४ गते गरिएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको जिकिर गरे ।
“एउटै विद्यालयमा पढ्ने छात्रछात्राले बिहे गरे भने निष्कासन गर्ने निर्णय छ”–उनले भने, “नियम कार्यान्वयन गर्नैप¥यो । अब शिक्षा कार्यालयले जे निर्देशन दिन्छ त्यही गरिन्छ”–शिक्षा कार्यालय भने आफूहरुलाई मौखिक जानकारी मात्रै आएको भन्दै पन्छिएको छ ।
“पढ्ने व्यवस्था मिलाउन विद्यालयलाई आवश्यक निर्देशन दिएका छौँ”– सहायक जिशिअ ठाकुरजी तिवारीले भने, “पहिले झैँ पठनपाठनको व्यवस्था गर्न भनेका छौँ ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण