शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वार्ता भाँडिएको भोलिपल्टै मोर्चाले दियो विखण्डनको चेतावनी

मङ्गलबार, ०५ माघ २०७२, १३ : ३८
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौं– तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोचाले अब कार्यदलस्तरको वार्ताको औचित्य समाप्त भएको ठहर गरेको छ । उसले तीन दलले मधेसी मोर्चालाई पेलेरै जाने देश विखण्डन हुन सक्ने चेतावनी समेत दिएको छ । तीन दल र मधेसी मोर्चाको कार्यदलबीचको सोमबारको वार्ता विफल भएसँगै आफ्नो धारणा सार्वजनिक गर्न आज तमलोपाको पार्टी कार्यालयमा मोर्चाको कार्यदलले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा मोर्चालाई पेलेरै जाने मुडमा तीन दल देखिएको भन्दै  मोर्चाका नेता हृदयश त्रिपाठीले यहि अवस्था कायमै रहे देश बिखण्डनमा जाने चेतावनी दिए । उनले तीन दलको कार्यदलका नेताहरू बैठकमा निरीह देखिएको दाबी गर्दै सकारात्मक भएको बैठकपनि तीन दलको बैठकपछि वातावरण बिग्रेको समेत आरोप लगाए । तीन दलले सिमाकन, नागरिकतालगायतका विषयमा पुरानै अडान देखाएको पनि उनको दाबी थियो ।

उनले राजनीतिक संयन्त्रको वैधानिकता दिन पनि तीन दलले नमानेको दाबी गर्दै भने, ‘ कार्यदलमा वैधानिकता दिनेमा सकारात्मक थिए तर तीन शीर्षस्थ तहको बैठकपछि कुरा मिलेन ।’

यस्तै मोर्चाले अब शीर्ष तहमा मात्रै वार्ता हुने बताएको छ ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्षमण लाल कर्णले भने , ‘कार्यदल स्तरको वार्ताको औचित्य समाप्त भएको छ अब शीर्ष तहमा मात्रै वार्ता सम्भव छ ।’

सोमबारको वालुवाटार बैठकमा तीन दलले संयन्त्र बनाएर तीन महिनाभित्र त्यसलाई सीमांकनबारेमा टुग्यांउने प्रस्ताव गरेपनि त्यसलाई अस्वीकार गर्दै मोर्चाले तीन महिनामा कसरी टुग्यांउने र त्यसको विश्वासनियता के हुने कुराको ग्यारेण्टी माग गरेका थिए ।

यस्तै उनीहरुले तराईमा दुई प्रदेश वा त्यस्तो भाव झल्कने प्रदेश हुनुपर्ने समेत माग गरेका थिए । तर तीन दलका तर्फबाट सहमति हुन नसक्ने जवाफ पाएपनि मधेसी मोर्चाका नेताहरु बैठकबाट उठेर हिँडेका थिए । नेताहरुका अनुसार सोहि विषयमा केहिबेर भनाभन समेत चलेको बताइएको छ ।

यसो त आन्दोलतरत मोर्चाका तर्फबाट कार्यदलमा सहभागी नेताहरुले आइतबार सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेका थिए । सो बुँदा दुई पक्षनबीच आदान प्रदान नै भइसकेको भएपनि शीर्ष बैठकपछि वातावरण बिग्रिन पुगेको थियो ।

सोमबार साँझ बसेको तीन दल र कार्यदलको बैठकमा प्रमुख तीन दल र मधेसी मोर्चार्ले वार्ता विफल भएपनि नजिक भनिएको सहमति पुन टाढिन पुगेको छ । यही अवस्थामा मोर्चाके कार्यदलले आज पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप