शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रास अल खेमामा नेपाली ब्यवसायीको सुपरफाष्ट रेष्टुरेन्ट

मङ्गलबार, ०५ माघ २०७२, १७ : ०३
मङ्गलबार, ०५ माघ २०७२
  युएई –नेपाली व्यवसायी हरि अधिकारीले युएईको रास अल खेमामा रेष्टुरेन्ट संचालनमा ल्याउने भएका छन् । आउदो शुक्रबार उद्घाटन गर्ने तयारीमा रहेको रेष्टुरेन्टको डेकोरेशनको कार्य अन्तिम चरणमा पुगि सकेको व्यवसायी अधिकारी जानकारी दिए । रास अल खेमाको जजिरा एरियामा रहेको अल हमारा मल नजिकै रहेको रेष्टुरेन्टका लागि नेपाली एक करोड बराबरको लगानी भएको व्यवासायी अधिकारीले जानकारी दिएका छन् । चितवनमा स्थायी घर भएका अधिकारीले यस अघि अजमानमा तुलवा अल साम्स विल्डिंग क्लिनिङ नामक कम्पनी संचालन गर्दै आएका थिए । युएईमा नेपाली कामदारको संख्या बढेसंगै व्यवसायीको संख्यापनि बढ्दै गएको छ । युएईमा नेपाली ब्यवसायीले संचालन गरेका  रेष्टुरेन्टको संख्या दर्जन बढि पुगी सकेको छ । यसअघि दुवईको बरदुबई केन्द्रित रहेका व्यवसायीले विस्तारै आवुधावी, अजमान, शारजहा, अल ऐन, फुजेरा, रास अल खेमा क्षेत्रमा पनि आफ्नो ब्यवसाय विस्तार गर्न थालेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप