साझा पेट्रोल पम्पमा आगलागी
भक्तपुर– मध्यपुरथिमि नगरपालिकास्थित साझा पेट्रोल पम्पको नाममा सञ्चालित मध्यपुर फ्युल सेन्टरमा अकस्मात् आगलागी भएको छ ।
मंगलबार साँझ ७ः१५ मिनेटमा फ्युल सेन्टरमा आएको पेट्रोल झार्ने क्रममा अचानक पम्पमा आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
आगलागी भएलगत्तै पेट्रोल ट्र्याङ्करलाई तत्काल सुरक्षित स्थानमा पठाएर इन्धन भर्न लाइनमा रहेका सवारीसाधनलाई समेत प्रहरीले सुरक्षित स्थानमा पठाएको उनले बताए ।
“ट्र्याङ्करबाट पेट्रोल झार्ने क्रममा अचानक आगलागी भयो, ट्याङ्कर र अन्य सवारीसाधनलाई तत्कालै सुरक्षित स्थानमा लगियो, तुरुन्तै दमकल आइपुगेकाले प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिन सफल भयौँ” प्रहरी उपरीक्षक बज्राचार्यले भने । आगो कहाँबाट कसरी लाग्यो भन्नेबारेमा अनुसन्धान सुरु गरेको बताउँदै उनले घटनास्थलमा प्रहरी तैनाथ गरेर निगरानी बढाएको बताए ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले विद्युत्भार कटौतीको सकिएर ७ः१५ बजे बत्ती आउने बित्तिकै करेन्ट सर्ट भएर आगलागी भएको आशङ्का गरिएको बताए ।
राति ८ बजे आगो नियन्त्रणमा लिए पनि अझै खतरा भएकाले सजगता अपनाउन प्रहरी तैनाथ गरिएको बताए । आगलागीबाट के कति क्षति भयो यकिन नभएको उनको भनाई छ ।
फ्युल सेन्टरसँगै रहेको रङ, हार्डवेयर पसलमा भने सामान्य क्षति भएको छ । सँगैको रङ पसल रहेको गौरीशङ्कर ट्रेडर्समा भने आगलागीले करिब रु ५० हजार बराबरको क्षति भएको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण