शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार गरेको भन्दै क्याम्पसमा क्रान्तिकारीद्वारा तालाबन्दी

बिहीबार, ०७ माघ २०७२, १३ : ४८
बिहीबार, ०७ माघ २०७२

सल्यान–यहाँस्थित शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ । शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले तालाबन्दि गरेको हो । क्याम्पसका लेखापाल लोकराज आचार्यबाट दुरुपयोग भएको रकम मंसिर २ गतेभित्र फिर्ता गर्ने यस अघिको सहमी अनुसार सहमती कार्यान्वयन नभएको भन्दै क्याम्पसमा तालाबन्दि गरिएको हो । अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष कमल वलीले हस्ताक्षर गरेको विज्ञप्तीका अनुसार उक्त रकम असुली नभएसम्मका लागि तालाबन्दि रहिरहनेछ । साथै आन्दोलनको विरुद्धमा कसैले ताला तोडेमा त्यसबाट हुने क्षती सम्बन्धीत निकायले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप