शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

तीन दलसँग वार्ता गर्न राजेन्द्र महतोबाहेक मोर्चाका सबै नेताहरु राजधानी आउँदै

बिहीबार, २१ माघ २०७२, १५ : ३०
बिहीबार, २१ माघ २०७२

काठमाडौँ– प्रमुख तीन दलसँग वार्ता गर्न मधेसी मोर्चाका नेताहरु आज राजधानी आउने भएका छन् । केहि दिन पहिले मधेस आन्दोलनबारे समर्थन लिन भन्दै विहार गएका मधेसी नेताहरु मधेस फर्किसकेको र आज बेलुकासम्मा उनीहरु राजधानी आइपुग्ने छन् । लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले आफ्ना घोषित सात दिने आन्दोलनका कार्यक्रम सकेसँगै वार्ता प्रक्रिया सुरु गर्न लागेको हो ।

मोर्चा घटक दलका अध्यक्षहरू उपेन्द्र यादव, महेन्द्रराय यादवलगायतका नेताहरु आज बेलुकासम्ममा राजधानी आइपुग्ने बताइएको छ । यद्यपी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने राजधानी नआउने बताइएको छ । उनले मधेसको माग पूरा नभएसम्म राजधानी नफर्कने घोषणा उनी विराटनगरमा रहेका छन् । मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाका शीर्ष नेता राजधानी आएसँगै वार्ता प्रक्रिया सुरु हुने बताए । मोर्चाका नेताहरु राजधनी आउन लागेको भएपनि तीन दलले वार्ताको मिति तय गरिसकेको छैन । तरपनि सम्भव भएसम्म आजै बेलुका र नभए भोलि वार्ता हुने एमाओवादीका एक नेताले रातोपाटीलाइ जानकारी दिए ।

यसैबीच मधेसी मोर्चा आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारीमा रहेको छ। कर्णले जारी आन्दोलनको स्वरुप परिवर्तनबारे दुई दिनभित्रै मोर्चाको बैठक बसेर साझा धारणा तय गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप