वीरगन्ज नाका खुल्ने राजेन्द्र महतोको सङ्केत
विराटनगर– संयुक्त मधेसी मोर्चासँग आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका खुल्ने सङ्केत गरेका छन् ।
भारतीय नेतासँग भेटघाट गरी पटनाबाट बुधबार साँझ विराटनगर फर्किएक उनले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा वीरगन्ज नाका अबरुद्ध पारेर सरकारलाई कुनै असर नपरेको बरु कालोबजारी व्यापकरुपमा मौलाएको र जनतालाई सास्ती भएको बताए ।
भारतसँगको सबै नाका बन्द गर्नुपर्ने वा वीरगन्ज नाका पनि खोल्नुपर्ने सम्बन्धमा दुई दिनभित्र काठमाडौँमा हुने मोर्चाको बैठकमा छलफल गर्ने जानकारी उनले दिए । पटनामा राष्ट्रिय जनता दलका नेता एवम् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव, भारतीय जनता पार्टीका नेता एवम् विहारका पूर्वउपमुख्यमन्त्री सुशील मोदी लगायतका नेतासँग भएको आफूहरुको भेटघाट सकारात्मक रहेको उनले बताए ।
मधेस आन्दोलनमा नैतिक समर्थन दिने र भारतका केन्द्रीय सरकारमार्फत नेपाल सरकारलाई मधेसी जनताको हकहितका लागि दबाब दिन लगाउने आश्वासनसमेत ती नेताबाट पाएको उनको भनाइ थियो ।
उनले विगतमा भएका सम्झौता र अन्तरिम संविधानबाट प्राप्त अधिकारबाट समेत वञ्चित गरिएको सम्बन्धमा भारतीय नेताहरुलाई आफूहरुले जानकारी गराएको बताए । संविधान संशोधन आफूखुसी गरिएको उल्लेख गर्दै अध्यक्ष महतोले मेचीदेखि महाकालीसम्म मधेसमा दुई प्रदेश अनिवार्यरुपमा हुनुपर्ने र यसभित्र केही गाउँ मिलाउन सकिने धारणा प्रकट गरे । आन्दोलनलाई अझ सशक्त बनाउन आन्दोलनमा सक्रिय रहेका मधेसका दुइटै मोर्चा र थारूको मोर्चासमेत गरी महागठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु भएको जानकारी पनि उनले दिए ।
उनले अधिकार प्राप्तिका लागि सरकारसँग गरिने अन्तिम लडाइँका लागि शक्ति सञ्चय गर्न पनि आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव जनताबाट आइरहेको बताए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण