झोलाभरी लागूऔषध बोकेर हिँड्ने दुई युवा ललितपुरबाट पक्राउ
बिहीबार, २१ माघ २०७२, १६ : ०८
काठमाडौं– लागूऔषधसहित ललितपुर प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक होक्से ९ का कृतन लामा र भिमखोरी ५ का सरोज शिवभक्ती रहेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्र.ना.उ. किसन सिंह थापाले जानकारी दिए ।
बुधबार दिउँसो ललितपुर उपमहानगरपालिका वडा नं। २० नःटोलस्थित सडक बाटोमा झोला वोकी शंकास्पद रुपले हिंडिरहेका नःवहाल नै बस्ने उनीहरुमाथि चेकजाँच गर्ने क्रममा झोलाभरी लागूऔषध भेटिएको थियो ।
प्रहरीका अनुसार शिवभक्तिको झोलावाट लागूऔषध फेनारगन एम्पल ११६ थान, नुफिन एम्पल ११६ थान, डाईजापाम एम्पल ११६ थान, लोकोजेसिक एम्पल १०० थान, १६ थान, नाईट्राजेपाम ट्याव्लेट ६ थानसहित २२,६५० रुपयाँ नगद भेटिएको थियो भने लामाको साथवाट नगद रु७५,८३५ फेला परेको थियो ।
यसैबीच शिवभक्ति र लामा पक्राउ परेसँगै प्रहरीले नःटोलस्थित लामा बस्ने डेरामा समेत खानतलासी गरेको छ । प्रहरीले उनको कोठाबाट समेत ६० थान, नुफिन , एम्पल ५० थान, डाईजापाम एम्पल ९३ थान, एभिल एम्पल ४८ थान बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए । उनीहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण