शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एमालेका केही कार्यकर्तालाई श्रम क्षेत्रमा लगाइनुपर्छ : पाण्डे

बिहीबार, २१ माघ २०७२, १८ : २२
बिहीबार, २१ माघ २०७२

उदयपुर– नेकपा (एमाले) स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेले मधेसको माग पूरा भइसकेका कारण अब देश विकासमा लाग्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले मधेसी जनताको माग पूरा गर्नका लागि समावेशी तथा समानुपातिक सहित जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने समेत माग अहिलेको वर्तमान सरकार र राजनीतिक दलले पूरा गर्न संविधान संशोधन भएको बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले एमालेसँग अहिले पाँच लाखभन्दा पनि बढी पार्टी कार्यकर्ता रहेको र तीमध्ये केहीलाई अब श्रम क्षेत्रमा लगाइनुपर्ने उनको धारणा थियो । सगरमाथा अञ्चलस्तरीय युवा सङ्घको प्रशिक्षण भेला यहाँ सुरु हुँदैछ । भेलामा झन्डै १५० युवा सहभागी रहने एमाले उदयपुरले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप