बहुलाहा कुकुरको टोकाइबाट १७ घाइते
बिहीबार, २१ माघ २०७२, १८ : २८
बैतडी–बहुलाहा कुकुरको टोकाइबाट बझाङमा १७ जना घाइते भएका छन् । जिल्लाको रायल गाविसमा पाँच, देउलेख गाविसमा सात र सुनकुडा गाविसमा पाँचजना गरी १७ जना बहुलाहा कुकुरको टोकाइबाट घाइते भएका रायल प्रहरी चौकीका असई दुलभ सिंह साँकीले जानकारी दिए ।
“आज मात्रै रायलमा मात्र पाँचजनालाई बहुलाहा कुकुरले टोकेको छ,” असई साँकीले भने – “देउलेख गाविसमा सात र सुनकुडा गाविसमा पाँचजना टोकेको भन्ने बुझिन आएको छ ।” बहुलाहा कुकुरलाई रायल प्रहरी चौकीबाट खटिएको टोली र स्थानीय जनताले नियन्त्रणमा लिई मारेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण