३१ न्यायाधीशको सरुवा (को कहाँ)
काठमाडौँ– न्याय परिषद् बैठकको आजको सिफारिसमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुनरावेदन अदालतका तीन मुख्यसहित ३१ न्यायाधीशको सरुवा गरेका छन् ।
आज बसेको परिषद्को बैठकले पुनरावेदन अदालत दिपायलका मुख्य न्यायाधीश दीपककुमार कार्कीको पुनरावेदन अदालत बागलुङमा र सो अदालतका मुख्य न्यायाधीश केदारप्रसाद चालिसेको पुनरावेदन अदालत विराटनगरको मुख्य न्यायाधीशमा सरुवा भएको परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए । पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश डा आनन्दमोहन भट्टराईको भने पुनरावेदन अदालत पाटनमा सरुवा भएको छ ।
पुनरावेदन अदालत पोखराका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको धनकुटा र बुटवलका न्यायाधीश टीकाबहादुर हमालको दिपायलमा सरुवा भएको छ । त्यस्तै पाटनका न्यायाधीश कुमार चुडाल तुलसीपुर, विराटनगरका उदयप्रकाश चापागाईं पाटन, पोखराका सुष्मालता माथेमा पाटन र हेटौंडाका कुमारप्रसाद पोखरेल विराटनगरमा सरुवा भएका छन् ।
त्यसैगरी पुनरावेदन अदालत इलामका न्यायाधीश रमेश पोखरेल हेटौँडा तथा पाटनका शिवनारायण यादव इलाममा र दुर्गादत्त भट्ट पोखरामा सरुवा भएका छन् ।
पुनरावदेन अदालत हेटौंडाका न्यायाधीश डिल्लीराज आचार्य पाटन र पाटन कासलाउद्दिन अख्तर सिद्धिकी हेटौंडा सरुवा भएका छन् । त्यसैगरी पुनरावेदन अदालत पाटनका न्यायाधीश रेवन्तबहादुर कुँवर हेटौँडा, विराटनगरका किशोर सिलवाल पाटन र बुटवलका रामचन्द्र यादव जनकपुरमा सरुवा भएका छन् ।
पुनरावेदन अदालत पाटनका न्यायाधीश पुष्पराज कोइराला विराटनगर, धनकुटाका जीवनहरि अधिकारी पाटन र बुटवलका प्रेमराज कार्की पाटनमा सरुवा भएको बताइएको छ ।
पुनरावेदन अदालत धनकुटाका न्यायाधीश चित्रदेव जोशी दिपायल, पाटनका हेमराज पन्त बुटवल र जनकपुरका गुणराज ढुङ्गेल सुर्खेतमा सरुवा भएका हुन् । पुनरावेदन अदालत जनकपुरका मेघनाथ भट्टराई धनकुटामा, विराटनगरका वीरेन्द्रकुमार कर्ण भीमदत्तनगरमा र भीमदत्तनगरका हरिप्रसाद बगाले पोखरामा सरुवा भएको छ ।
त्यस्तै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश युवराज सुवेदी पुनरावेदन अदालत पाटनमा, सुर्खेतका रमेशप्रसाद राजभण्डारी बुटवलमा, बुटवलका अब्दुल अजिज मसलमान पाटनमा र जनकपुरका हरिप्रसाद भण्डारी बुटवलमा सरुवा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण