शुक्रबार चार नेपाली चलचित्र आउँदै
काठमाडौँ– शुक्रबार कलिउड (नेपाली चलचित्र उद्योग) मा चार चलचित्र एकै साथ ‘रिलिज’ हुँदैछन् ।
भोलि राजधानीमा प्रथम प्रदर्शन हुने चलचित्रमा ‘कसैलाई नभन्नु’, ‘बिन्दास–३’, ‘सुपरहिट’, र ‘कैफियत’ छन् । मन्दीप राणाको निर्देशनमा रहेको चलचित्र ‘कसैलाई नभन्नु’ साङ्गीतिक प्रेम कथामा आधारित हो । सञ्जु लामिछाने केसीको प्रस्तुति रहेको चलचित्रमा दिनेश शर्मा, देशभक्त खनाल, किशोर केसी, आयुष्मा कार्कीलगायत कलाकारको अभिनय छ ।
त्यस्तै, मनोरञ्जनात्क कथा बोकेको राजु गिरीले निर्देशन गरेको ‘बिन्दास–३’ मा नायिका शुभेच्छा थापाको लगानी रहेको छ जसमा नायिका थापासँगै अशोक फुयाँल, मनिष कार्की आदि कलाकारको अभिनय छ ।
त्यसैगरी, सौरभ र निरञ्जनको जोडी निर्माता÷निर्देशक रहेको अर्को मनोरञ्जनात्मक चलचित्र ‘सुपरहिट’ हो । यो चलचित्रको कथाअनुसार नायिका बिनिता बरालले केन्द्रीय भूमिका निर्वाह गरेका छन् । साथै, चिन्तामणि बरालको प्रस्तुति तथा दशरथ गिरीको निर्देशनको एक्सन प्रधान चलचित्र कैफियतमा नन्दिता केसी, शङ्कर शाही, नवीन श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।
एकैदिन चार÷चार चलचित्र प्रदर्शन हुँदा व्यापारमा असरपर्ने भएपनि प्रतिस्पर्धाबीच दर्शकको माया पाएका चलचित्र झन् सफल ठहरिने वितरक करण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण