शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मलेसियामा १० लाख युवा अलपत्र पार्ने कि विकल्प खोज्ने सरकार ?

शुक्रबार, २२ माघ २०७२, ०८ : ५५
शुक्रबार, २२ माघ २०७२

नेपालीको वैदेशिक रोजगारको ठुलो गन्तव्य मानिएको मलेसियामा अहिले धेरै हलचल मचिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धानको भ्रमण टाेलीले मलेसियामा रहेका नेपालीको बारेमा केहि बुझेर नेपाल फर्केसगै मलेसियामा रहेका १० लाख युवाहरुको बारेमा नेपाल सरकार गम्भीर हुनुपर्ने बेला आएको छ । मलेसियामा पहिले देखिनै नेपालीहरु पीडित हुँदै यहाँ काम गर्न बाध्य भएका छन। न मलेसियामा नेपालबाट नेपाली मेनपावरले भनेको जस्तो सेवा सुविधा, न त राम्रो भनेको नै तलब पाउने गरेका छन। उनिहरु बाध्य भएर मन नलाई -नलाई काम गर्न परेको अबस्था रहेको छ । अब मलेसियाको विकल्प खोज्ने बेला आएको जो हो । अख्तियारको टाेलीले मलेसिया भ्रमण गरे पछी मलेसियामा रहेका झन्डै अनुमानित ३ लाख नेपालीले स्वदेश फर्किन चाहेको र आतुर खुलेको थियो ।नेपाल सरकारले फर्किन चाहेकाहरुलाई सकेसम्म छिटो र राम्रो संग आफ्नो देश फर्किने वातावरण मिलाउनु पर्ने देखिन्छ । विभिन्न अध्ययनले विगतमा नै मलेसियाको रोजगारी नेपाली कामदारका लागि जुनसुकै बेला जोखिमपूर्ण हुन सक्छ भनेर नदेखाएका होइनन्। तर, सरकारले त्यस्ता अनुसन्धानका निष्कर्षलाई कहिल्यै पनि गम्भीर रूपमा लिएन। मलेसियामा दक्ष कामदारको माग हुँदासम्म सरकारले कामदारलाई सीप सिकाउन कहिल्यै लगानी गरेन। जसको असर बल्ल देखिन सुरु गरेको छ। अदक्ष कामदारको संख्या बढ्दै गएपछि मलेसिया सरकारले नेपाली कामदारलाई जस्तोसुकै व्यवहार गरे पनि हुन्छ भन्ने ठानेको बताइन्छ। अहिलेको अवस्थामा मलेसियाको रोजगारी नेपालीका लागि अनुकूल छैन भन्ने प्रस्ट भइसक्दा पनि सरकारले यसको विकल्पमा योजना सार्वजनिक गर्न सकेको छैन। मलेसियाबाट स्वदेश फर्कन चाहेका कामदारलाई सरकारले सहयोग नगरे उनीहरू सम्झौता अवधिभर त्यहीँ बस्नुपर्ने हुन्छ। तर, कामदारको त्यो बसाइ नेपालका लागि उपलब्धिमूलक नहुने प्रस्टै छ। मलेसियामा कार्यरत नेपालीले न्यूनतम पारिश्रमिक नपाउने र असुरक्षित हुने क्रम बढिरहे पनि त्यहाँ जाने कामदारको संख्या रोकिएको छैन। तुलनात्मक रूपमा अघिल्लो वर्षको तुलनामा घटेको भने छ। केही दिनअघि सरकारी अधिकारीले गरेको अध्ययन जस्तै मलेसियाको अवस्था सन्तोषजनक छैन भने सरकारले त्यहाँ कामदार पठाइरहनुको कुनै अर्थ छैन। तर, यसबीचमा सरकारले नेपाली कामदारका लागि सुरक्षित र भरपर्दो अर्को गन्तव्य मुलुक पनि खोज्न सकेन। अघिल्लो वर्ष एक रिंगेटबराबर ३१ रुपैयाँसम्म पुगे पनि अहिले घटेर २६ मा आउँदा कामदारका लागि मलेसिया कष्टकर बनिरहेको छ । त्यस्तै, मलेसियाको तामिल समुदायबाट नेपाली श्रमिकमाथि असुरक्षा बढ्दो छ । 'सुरक्षा गार्डको काम गर्दै आएको तामिल समुदायले आफ्नो काम खोसिएको भन्दै नेपालीमाथि पटकपटक आक्रमण गरेर असुरक्षित महसुस गराएको पाइयो,' 'सबै पक्ष विचार गर्दा मलेसियाको रोजगारी नेपाली कामदारका लागि हितकर देखिँदैन ।' अबका दिनमा मलेसियामा कामदार पठाउने÷नपठाउनेबारे सोच्नुपर्ने बेला आएको छ । मलेसियालाई पनि नेपालीको तुलनामा इन्डोनेसियाली ल्याउँदा सजिलो हुने भएकाले नेपाली प्राथमिकतामा छैनन् । मलेसियन कम्पनीले नेपालबाट कामदार बोलाउँदा ६ महिनाजति लाग्छ । इन्डोनेसियाबाट १५ दिनमै ल्याउने तथ्य रहेको छ । मलेसियामा २५ लाख इन्डोनेसियन छन् । नेपालीको संख्या १० लाख हाराहारी रहेको अनुमान छ । अहिले भर्खरैको स्थिति लाई हेर्न,हो भने मलेसियामा बिदेशी कामदार बाट लिइदै आएको लेभी रकम मलेसिया सरकारले ठुलो मात्रामा बिर्द्दी गरेको छ । वाषिर्क मलेसियाको रकम RM 2500 नेपाली रकम ६०,००० बाट पनि माथि पर्न जान्छ , स्वयंम म पनि मलेसिया अबको केही महिना भित्रै छोड्ने निर्णयमा पुगेको छु,र यो कारणले पनि ३ लाख नेपाली नेपाल जान आतुर छन । मलेसियामा १० लाख युवा अलपत्र पार्ने कि विकल्प खोज्ने ? नेपालीलाई आफ्नो देशमा ल्याउन र उचित विकल्प खोज्ने तर्फ सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।

पंगेनी मलेसियामा कार्यरत छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप