बंगलादेशसँग नेपाल ६ विकेटले पराजित, पूरा भएन इतिहास रच्ने सपना
काठमाडौं – १४ बर्षपछि नेपाललाई नयाँ इतिहास रच्ने अवसर थियो । तर, आइसीसी यू– १९ क्वाटर फाइनलमा नेपालले बंगलादेशसँग हार व्योहोरेपछि इतिहास रच्ने सपना पुरा हुन सकेन । आइसीसी यू– १९ विश्वकपको क्वाटर फाइनलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल क्वाटरफाइनलमा रोकिएको छ । नेपालले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य बंगलादेशले ४८ ओवर २ बलमा लक्ष्य पुरा गर्यो । बंगलादेशका लागि जाकिर हुसेनले सर्वाधिक ७५ रन तथा कप्तान मेहेन्दी हसन मिराजले ५५ रन बनाएपछि नेपाल जीतबाट बञ्जित बन्यो । नेपालका लागि सुनिल धमलाले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए । समूह चरणका दुई खेलमा राम्रो नतिजा दिएको नेपाली टोलीमाथि ठूलो अपेक्षा थियो । तर, नेपालका बलरहरु चम्किन नसक्दा खेल बंगलादेशको पोल्टामा गयो । यसअघि नेपालले पहिलो ब्याटिङ गर्दै २ सय ११ रन बनाएको थियो । रनिङमा उचित तालमेल मिलाउन नसक्दा आइसिसी यू– १९ क्वाटर फाइनलमा नेपालले महत्वपूर्ण चार विकेट गुमाएको थियो । रन आउटको सिधा असर नेपालको स्कोर बोर्डमा देखियो । कप्तान राजु रन आउट नभएको र उनी आफ्नै लयमा खेल्न पाएका भए शतक हान्ने सुनौलो अवसर थियो । ओपनर सुनील धमला रन आउट भए । उनले ६२ बल खेलेर २५ रन मात्र बनाएका थिए । उनी १८ ओवर १ बल हुँदा आउट भएका थिए । त्यसपछि नेपाली टोलीका कप्तान राजु रिजाल ७२ रनमा रन आउट भए । ८० बलको सामना गरेका रिजालले आठ चौका र एक छक्का प्रहार गरेका थिए । उनी ३३ ओवर ५ बलमा आउट भएका थिए । राजुपछि कुशल भुर्तेल पनि रन आउट भए । १७ बल खेलेका उनले १४ रन बनाए । ४२ ओवर ६ बलमा आउट भएका थिए । सुनिल कँडेल पनि रन आउट भए । चार बल खेलेका उनी ५० ओवरको अन्तिम बलमा रन आउट भएका थिए । बंगलादेश पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । दुवै टोली यसअघि विश्वकपको सेमिफाइनल पुग्न सकेका थिएनन् । आज बंगलादेशलाई हराउन सके नेपाल पनि पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्ने अवसर थियो । अघि यू–१९ मा बंगलादेश र नेपाल खेलमा नेपालले हराएको थियो । सन् २००२ मो प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बंगालादेशलाई २३ रनले हराएको थियो । त्यसबेला नेपालले १८१ रनको लक्ष्य दिएको थियो भने बंगालादेश १५७ रनमै अलआउट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण