साग २०१६ : बंगलादेशलाई पराजित गर्दै नेपालको विजयी शुरुवात
शुक्रबार, २२ माघ २०७२, १४ : ५९
काठमाडौं – नेपाली महिला फुटबल टोलीले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । १२ औं दक्षिण एसियाली खेलकुद अन्तरगत शिलोङको जवहरलाल नेहरु रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ३–० ले विजयी भएको हो । नेपाललाई जीत दिलाउने क्रममा खेलको दोस्रो मिनेटमा नै दिपा अधिकारीले गोल गरेकी थिइन् । त्यस्तै अनु लामाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । दोस्रो हाफको अन्त्यतिर गोल गर्दै निरु थापाले नेपाललाई सहज जित दिलाइन् । १२ औं दक्षिण एसियाली खेलकुद भारतको गुहाटीमा शुरु भएको छ । १२ दिने यस प्रतियोगितामा ८ सार्क राष्ट्रका २५ सय खेलाडीहरु भाग लिनेछन् । गुहाटीमा १६ वटा खेल हुनेछ भने शलोङमा ६ वटा खेल हुनेछ । पहिलो दक्षिण एसियाली खेलकुद काठमाडौंमा सन् १९८४ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण