शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कमल थापाले पार्टी प्रवक्तालाई हटाए, प्रवक्ता भएर पार्टीविरुद्ध लागेको आरोप

शुक्रबार, २२ माघ २०७२, १९ : १०
शुक्रबार, २२ माघ २०७२
काठमाडौं– राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराई प्रवक्ताबाट हटाइएका छन् । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै अध्यक्ष कमल थापाले उनलाई प्रवक्ताबाट हटाएका हुन् । पार्टीको महिलो महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारीमा भएपनि खासै भूमिका नभएका उनले पार्टीले राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा छाडेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका थिए । पार्टी निकट स्रोतका अनुसार प्रवक्ता भएर पार्टीकै हित विपरितका अभिव्यक्ति दिन थालेपछि अध्यक्ष थापाले सचेत गराउँदै आएका थिए । तर, सो क्रम नरोकिएपछि आज उनलाई पदमुक्त गरिएको हो । यसैबीच राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले पनि एक विज्ञप्ती जारी गरि थापाले विधान बमोजिम भट्टराईलाई पदमुक्त गरेको जनाएका छन् । विज्ञप्तीमा थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्यद्वय इन्द्र चित्रकार र मुकुन्दश्याम गिरीलाई सहायक महामन्त्री पदमा मनोनयन गरेको पनि उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप