कमल थापाको पार्टीसँग विद्रोह गरेर चन्दको पार्टीसँग एकता प्रक्रिया
काठमाडौं– कमल थापासँग विद्रोह गरेर समानान्तर केन्द्रीय समिति चलाउँदै आएको राप्रपा नेपाल समानान्तर पार्टीले लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपासँग एकताप्रक्रिया थालेको छ ।
समानान्तरले राप्रपासँग एकता गर्न सात सदस्यीय वार्ता टोली गठन गरेको छ ।
पार्टी प्रवक्ता सगुन लावतीले शुक्रबार सम्पन्न पार्टीको कार्य सम्पादन समितिको वैठकले राप्रपासँग एकता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको र सोहिबमोजिम वार्ता टोलीको संयोजकमा महामन्त्री श्याम तिमल्सिनालाई चयन गरिएको जानकारी दिए । यस्तै सदस्यहरुमा प्रवक्ता सुन्दर लावती, सहायक महामन्त्री किशोर गुरुङ, सहायक महामन्त्री नवराज दाहाल, सहायक महामन्त्री उरमिला रावल, सहायक प्रवक्ता शोभा तिमल्सिना र केन्द्रिय सदस्य कर्णप्रखर धिताल रहेका छन् ।
राष्ट्रियता संकटमा परेको विद्यमान परिवेशमा राष्ट्रवादी एकताको आवश्यकता समेतलाई मध्यनजर गर्दै एकता प्रक्रिया अघि बढाइएको उनले जनाए ।
यसअघि राप्रपाले पनि समानान्तरसँग वार्ता गर्न कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । दुबै वार्ता टोलीबीच चाँडै नै औपचारिक वार्ता हुने बताइएको छ । यसो त राप्रपा र राप्रपा नेपालबीच पनि एकता गर्नको लागि दुबै पक्षबाट वार्ता टोली गठन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण