१२ औं दक्षिण एसियाली खेलकुदको भब्य उद्घाटन
शुक्रबार, २२ माघ २०७२, १९ : ५५
गुवाहाटी– भारतको गुहावटीस्थित इन्दिरागान्धी एथलेटिक्स स्टेडियम बेहुलीजस्तै सिंगारिएको थियो । भिआईपी, भिभिआईपी र दर्शकदीर्घाले खचाखच भरिएको रंगशालामा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले १२ दक्षिण एसियाली खेलकुद ‘साग’को उद्घाटन गरेका छन् ।
शुक्रवार साँझ करिब ६ बजे प्रधानमन्त्री मोदीले ‘साग’ शुरुवात भएको घोषणा गर्नासाथ इन्दिरा गान्धी स्टेडीयममा विशेष प्रस्तुतिका साथ भारतका विभिन्न टिमका खेलाडीहरुले दक्षिण एसियाली खेलकुदको ज्योती लिएर रंगशाला परिक्रमा गरेका थिए ।
गुवाहाटीको ग्रामिण क्षेत्रमा रहेको रंगशालामा मोदीले यादगार ढंगले १२ औं दक्षिण एसियाली खेलकुद उद्घाटन भएको घोषणा गर्दाको दृश्य निकै लोभलाग्दो थियो ।
दक्षिण एशियाका ८ राष्ट्रहरु सहभागी सागमा नेपालका तर्फबाट पौडी खेलाडी स्मृतिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिईन् । आयोजक भारत सहित अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सहभागी ‘साग’ आगामी १२ फेब्रुअरीसम्म चल्ने छ ।
मेघालयका मुख्यमन्त्री जाममा परेपछि...
सागको उद्घाटन सत्रमा सम्वोधन गर्न पुगेका मेघालय राज्यका मुख्ममन्त्री लामो समय ट्राफिक जाममा परेपछि हिँडेरै रंगशाला पुगेर समारोहलाई संवोधन गरेका छन् ।
सागको भब्य उद्घाटन हेर्न पुगेका सर्वसाधारण, उद्योगपती र सर्वसाधारणको चापका कारण लामो समय सवारी जाममा परेपछि मुल सडकमा गाडी छाडेर हिँड्दै रंगशाला छिरेका मुख्मन्त्री मुकुल सेगमाले सागमा भाग लिन गुवाहाटी पुगेकाहरुलाई स्वागत गरेका थिए ।
समारोहमा भारतका मन्त्रिहरु, विभिन्न राज्यका मुख्मन्त्री लगायतका पदाधिकारी गुवाहाटी स्थित इन्दीरागान्धी रंगशाला पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण