ताइवानमा ६.४ रिक्टर स्केलको भूकम्प, पाँचको मृत्यु, भवनमा च्यापिएका २०० को उद्वार (फोटोफिचर)
ताइपेई - ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी पाँच जनाको ज्यान गएको प्रारम्भिक समाचारमा जनाइएको छ । शनिबार बिहानीपख ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि पाँचको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेको पनि सो समाचारमा बताइएको छ ।
शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो । सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा च्यापिएर रहेका करिब २०० जना उद्वार गरिएको छ । भग्नावशेषमा अझै च्यापिएको आशंका गरिएको छ । सो भकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन । प्रररम्भिक रुपमा गरिएको अनुमानबाट ठूलो जनधनको क्षति भएको बताइएको भएपनि विस्तृत विवरण भने आउन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण