सिटीका ग्वार्डिओलालाई टक्कर दिन युनाइटेडमा मोरिन्हो ?
म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होसँग छलफल शुरु गरेको छ । लुइस भान हालको स्थानमा गत डिसेम्बरमा चेल्सी छाडेका ५३ वर्षीय पोर्चुगिज प्रशिक्षकलाई ल्याउने तयारी युनाइटेडले गरेको बिबिसीले दाबी गरेको छ । हालसम्म कुनै सम्झौता नभए पनि छलफल भने शुरु भएको छ । यस विषयमा क्लबले कुनै प्रतिक्रिया दिएको छैन । ग्वार्डिओला भर्सेर मोरिन्हो ६४ वर्षीय भान हाल यसै सिजनको अन्त्य युनाइटेड छाड्नेछन् । चीर प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीले बायर्नका प्रशिक्षक पेप ग्वार्डिओलाई भित्राउने पक्का बनेपछि युनाइटेडले उनलाई टक्कर दिनका लागि मोरिन्होको खोजी गरेको बताइएको छ । यसअघि सन् २०१० र २०१३ बीचमा मोरिन्हो र ग्वार्डिओला स्पेनिस ला लिगामा प्रतिद्वन्द्वी थिए । त्यतिबेला ग्वार्डिओला बार्सिलोना र मोरिन्हो रियल म्याड्रिडका प्रशिक्षक थिए । सन् २००४ देखि २००७ भित्र चेल्सीलाई दुई प्रिमियर लिग उपाधि जिताएका मोरिन्हो पुनः चेल्सीमा फर्किएर क्लबलाई अर्को लिग उपाधि दिलाए पनि त्यसको सात महिनामा नै क्लब छाड्नुपरेको थियो । मोरिन्होले यसअघि पटक–पटक युनाइटेड र पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनको तारिफ गर्ने गरेका थिए । सन् २०१३ मा फर्गुसनले युनाइटेड छाडेपछि मोरिन्हो नै ओल्ड ट्राफोड आउने अड्कल काटिएको थियो । ‘म म्यान्चेस्टर युनाइटेडका लागि अन्य सबै क्लबको अफर ठुक्राउन सक्छु,’ मोरिन्होले भनेका थिए । अर्को विकल्प गिग्स यसो त भान हालको स्थानमा क्लबका वर्तमान सहायक प्रशिक्षक रायन गिग्सलाई पनि नियुक्त गर्ने सम्भावना उतिकै रहेको बताइएको छ । १४ वर्षको उमेर युनाइटेड आएका वेल्स खेलाडी गिग्सले क्लबका लागि रेकर्ड ९ सय ६३ खेल खेल्दै १३ वटा प्रिमियर लिग उपाधि पनि जितिसकेका छन् । सन् २०१४ को अप्रिलमा डेभिड मोयेजलाई बर्खास्त गरेपछि उनले केही समय युनाइटेडको प्रशिक्षक सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण