चन्द्रमामा पुग्ने छैटौं व्यक्तिको निधन
शनिबार, २३ माघ २०७२, १३ : ४७
वासिंगटन – अमेरिकी अन्तरिक्षयात्री एड्गर मिसेलको ८५ वर्षको उमेरमा निधन भएको छ । वेस्ट पाम बीच फ्लोरिडामा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । उनी चन्द्रमामा हिँड्ने छैटौं व्यक्ति समेत हुन् । उनी सन् १९७१ को एपोलो १४ मिसनका सहभागी थिए । उनले चन्द्रमाको सतहमा ९ घण्टाभन्दा बढी बिताएका थिए ।
त्यसपछि उनले मस्तिष्क र व्याख्या गर्न निमिल्ने घटनाहरुको बारेमा अध्ययन शुरु गरेका थिए । उनी पृथ्वीमा एलियनहरु आउने कुरामा विश्वास गर्थे । उनले सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासा छाडेका थिए । त्यसपछि अनुसन्धान र अन्वेशषण गर्न इच्छुकहरुलाई सहयोग गर्न इन्सिटिट्युट अफ नोएटिक साइन्सको स्थापनासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण