नेहा हत्या प्रकरण : सोधपुछको लागि १० जना पक्राउ
पोखरा – मगर चलचित्रकी नायिका समेत रहेकी पोखरा १५ नयाँ गाउँकी नेहा पुनको हत्याराको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । विभिन्न प्रहरी टोलीको समुह बनाई हत्याराको खोजी कार्य तिब्र रुपमा भइरहेको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । पालले अहिलेसम्म १० जनालाई पक्राउ गरेको र उनीहरुसँग सोधपुछ भइरहेको बताए । माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।
उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । उनको शव अर्धनग्न अबस्थामा भेटिएको थियो । टाउकोमा गहिरो चोट रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७-८ बजे फर्कने उनीे साँझ नफिर्किएपछि आफन्तले खोजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले डिएसपी गजुसिद्धि बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेका छन् । टोलीमा अञ्चल प्रहरी कार्यालय गण्डकीमा रहेको गुल्ममा कार्यरत प्रहरी निरीक्षक देवी पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षक भद्रकृष्ण पौडेल छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले विभिन्न सम्भावित समुहसँग सोधपुछ भैरहेको बताए । उनलेभने, ‘धेरै जनासँग खोजी कार्यका लागि सोधपुछ भैरहेको छ । अहिले पनि हामी त्यही कार्यमा ब्यस्त छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण