आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कट्रिनाको प्रश्न : कसले भन्यो मेरो ब्रेकअप भयो ?

शनिबार, २३ माघ २०७२, १५ : ४४
शनिबार, २३ माघ २०७२

मुम्बाई – वलिवुड अभिनेत्री कट्रिना कैफ र अभिनेता रणविर कपुरबीचको प्रेम सम्बन्ध टुटेको खबरको यतिबेला ठूलै चर्चा भइरहेको छ । यस विषयमा लामो समय दुवैले केही नबोले पनि हालै कट्रिनाले यस विषयमा मौनता तोडेकी छिन् । एक भारतीय समाचार च्यानलसँगको कुराकानीमा कट्रिनाले आफू र रणवीर कहिले प्रेम सम्बन्धमा नरहेका कारण उक्त सम्बन्ध अन्त्य हुने कुरा नआउने बताइन् । भारतीय मिडियाका अनुसार कटरिनालाई उक्त च्यानलमा रणवीरसँगको प्रेम सम्बन्ध र ब्रेकअपको बारेमा प्रश्न गरिएको थियो । तर, उनले उल्टै पत्रकारलाई प्रश्न सोज्याएकी थिइन् । ‘कसले भन्यो मेरो ब्रेकअप भयो ? मैले त कहिले मेरो ब्रेकअप भयो या म प्रेमसम्बन्धमा रहेको भनेकी छैन,’ उनले भनिन् । आफ्नो नयाँ चलचित्र फितुरको प्रमोशनका लागि उक्त कार्यक्रममा पुगेकी कटरिना अर्की भेटरन नायिका तब्बुसँग उपस्थित थिइन् । उनलाई फेरि प्रश्न गरियो, ‘तपाईं भ्यालेन्टाइन्स डे कोसँग मनाउनुहुन्छ त ?’ जवाफ दिनअघि कट्रिनाले तब्बुलाई सोधिन्, ‘तपाईं भ्यालेन्टाइन्स डेमा सिंगल हुनुहुन्छ कि कसैसँग ?’ जवाफमा तब्बुले आफू एक्लै रहेको बताएपछि कट्रिनाले तब्बुको हात समाउँदै उनीसँगै भ्यालेन्टाइन्स डे मनाउने जवाफ दिइन् । सन् २०१६ को सुरुवातदेखि नै रणवीर र कट्रिनाको ब्रेककपको खबर आएको थियो । जनवरीको पहिलो हप्ता लिभ इन रिलेशनमा रहेका रणवीरले कट्रिनाको फ्ल्याट छाडेको खबरपछि दुवैको सम्बन्ध टुटेको आशंका गरिएको छ । उनीहरु ६ महिनादेखि सँगै बस्दै आइरहेका थिए । यस विषयमा रणवीरले हालसम्म केही बोलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप