प्रचण्डलाई महतोले भने, ‘मैले नै अब नाका खोल्नुपर्छ भनेको हो’
काठमाडौं – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र एमाओवादी अध्यक्ष प्रचण्डबीच आज साँझ लाजिम्पाटमा भेट भएको छ । भेटमा तराई मधेसको आन्दोलनका बारेमा र शीर्ष दल र मधेसी मोर्चाका बीच भईरहेको छलफलका बारेमा कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डले शीर्ष दल र मोर्चाबीचको छलफल र सहमतिबाटै निकास खोजिने छलफलका क्रममा बताएका थिए । उनले संविधान संशोधनपछि सिमांकनका बिषयहरु पनि छलफल र संवादका माध्यमबाट सहमतिमै टुंगो लाग्ने आश्वासन दिए । प्रचण्डका सचिवालयका अनुसार सद्भावनाका अध्यक्ष महतोले पनि आन्दोलनबाट जनताले धेरै सास्ती पाएकोले आफूले नै नाका खोल्नुपर्ने कुरा राखेको प्रचण्डसमक्ष राखेका थिए । नाका खोल्ने विषयमा आफूले सञ्चार माध्यममा दिएको अभिव्यक्ति सही भएको बताए । उनले अब पनि संवाद र छलफलबाट नै अब सहमतिमा पुग्नुपर्ने बताएका थिए ।
मधेस आन्दोलन निश्कर्षमा नपुगी काठमडौं नआउने घोषणा गरेका महतो तेस्रो पटक काठमाडैं आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण