बाँकेमा पूर्वजिल्ला सभापति, सांसद र नाम चलेका नेतासमेत पराजित
नेपालगन्ज - नेपाली कांग्रेसको १३औँ महाधिवेशनका लागि बाँके जिल्लामा भएको प्रतिनिधि छनोटमा कांग्रेसका अग्रज, पूर्वजिल्ला सभापति, सांसद र नाम चलेका नेतासमेत पराजित भएका छन् ।
संविधान सभामा समानुपातिक कोटाबाट सांसद बनेका मैकुलाल वाल्मीकि, हमिद सिद्धिकी, सर्वतारा खातुन र आशा विक महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ । सांसद बादशाह कुर्मी मात्र क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भए । वाल्मीकि, खातुन, सिद्धिकी क्षेत्र नम्बर ३ बाटै पराजित हुनुभएको हो । विक क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भए ।
यसपटकको निर्वाचनमा कांग्रेसका जिल्ला तहका अग्रज नेता नै महाधिवेशन प्रतिनिधिमा नमीठो हार बेहोरेका छन् । पूर्वसांसद ज्ञानु केसी क्षेत्र नम्बर १ मा पराजित भएका छन् । जिल्ला पूर्वसभापति गजेन्द्र हमाल क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा पराजित भए ।
त्यसैगरी, जिविसका पूर्वसभापति कांग्रेस नेता ओमजङ्ग राणा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुप¥यो । यस जिल्लामा कांग्रेसका भ्रातृ सङ्गठनका अध्यक्षले पनि महाधिवेशन प्रतिनिधिमा पराजय बेहोरेका छन् ।
शिक्षक सङ्घ बाँकेका अध्यक्ष रुद्रबहादुर ओली, ट«ेड युनियन कांग्रेस बाँकेका अध्यक्ष वीरेन्द्र शाह पनि पराजित हुनुभएको छ भने पूर्वसांसद कैलाशनाथ गुप्ता कसौधनले प्रस्तावक समर्थक नै नपाएको नियति भोग्नुप¥यो । यस जिल्लामा भएको मत परिणामअनुसार क्षेत्रीय सभापतिमा क्षेत्र नम्बर १ मा माधवराम खत्री, २ मा रामचन्द्र मौर्य, ३ मा रमेश गुप्ता र ४ मा नक्की खाँ निर्वाचित भएका छन् । इलाममा बराल, गिरी र दुलाल क्षेत्रीय सभापति यता, नेपाली काँग्रेस इलामको तीनवटै क्षेत्रमा क्षेत्रीय समिति चयन भएको छ ।
शुक्रबार भएको निर्वाचनबाट सबै क्षेत्रको समिति चयन भएको नेपाली काँग्रेस इलामका सचिव खगेन्द्र देवानले आज जानकारी दिए । इलाम क्षेत्र नं १ मा दुर्गा बराल, क्षेत्र नं। २ मा गोविन्द गिरी र क्षेत्र नं ३ मा नुतनदेव दुलाल निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट पूर्वमन्त्री बेनुपराज प्रसाईं, टीकाराम सुब्वा, दीपक अधिकारी, प्रेम चाम्लिङ, उद्धव पौडेल र नरबहादुर सुवेदी निर्वाचित भएका छन् ।
क्षेत्र नं २ बाट भेषराज आचार्य, हरिप्रसाद खनाल, पूर्णप्रसाद गौतम, नगेन्द्र कुमाल, डिकेन्द्र इदिङ्गो र राजेन्द्र बाँस्तोला निर्वाचित हुनुभएको छ भने क्षेत्र नं ३ बाट हिमालय कर्माचार्य, गोविन्द पौडेल, केशव थापा, तोयानाथ भट्टराई, डम्बर खड्का र केदार थापा निर्वाचित भएको नेपाली काँग्रेस इलामले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण